Logo

Banner-news

ग्रेटवाल मोटर्सको तरंगः प्रिमियम एसयूभी र पीकअप गाडी ल्यायो, विद्युतीय पनि चाँडै


GDP Nepal
   १७ असार २०७८, बिहिबार


काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेटवाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ ।

नेपालमा आफ्नो उपस्थिति ग्रेटवाल मोटर्सले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा एसयूभी वर्गमा थर्ड जेन हभाल एच सिक्स र हभाल जोलिओन छ भने पिकअप वर्गमा पोअर रहेको छ ।

दुवै मोडलहरुको लुक्स, इन्टेरियर स्पेस, ओभरअल परफरमेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ ।

नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको भिजी इम्पेक्स प्रालिसँग कार ब्रान्ड सम्बन्धी विशेष अनुभव रहेको छ । दुई पक्षबिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

ग्रेटवाल मोटर्सले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउनेछ र बजारको मागलाई गाइड गर्नेछ ।

कम्पनीले निकट भविष्यमानयाँ जेनेरेसनको इलेक्ट्रिक कार, ओरा आर वान् नेपालीबजारमा ल्याउने जनाएको छ जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ ।

साथै कम्पनिले विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ ।

प्रकाशित : १७ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह