Logo

Banner-news

बतास एग्रोको नमूना कृषि फार्म, १० दम्पत्तिलाई आकर्षक प्याकेजसहित रोजगारी !


GDP Nepal
   १९ असार २०७८, शनिबार


काठमाडौं । पछिल्लो समय कृषि कर्मलाई जोड दिइरहेको व्यावसायिक घराना बतास अर्गनाइजेसनले जातीय समावेशीकरणलाई समेत प्रश्रय दिँदै कृषि उद्यममा आकर्षक अफर सार्वजनिक गरेको छ ।

बतास अर्गनाइजेसन अन्तर्गतको बतास एग्रो प्रालिले कास्कीको अन्नपूर्ण गाउँपालिका, भयर चौरमा विभिन्न सुविधासहित कृषि उद्यममा लाग्न १० दम्पत्तिका लागि आह्वान गरेको हो ।

२ सय रोपानीमा गरिने कृषिका विभिन्न पेशामा कृषक दम्पत्तिका लागि मासिक ३२ हजार तलबको ग्यारेन्टीसहित आफ्नै लगानीमा नाफाको ६० प्रतिशत हिस्सेदार बनाइने बतास एग्रोको सूचनामा उल्लेख छ ।

सूचनामा बताइएअनुसार कृषक परिवारले ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधि उपचार बिमा तथा ३ लाख ३० हजार रुपैयाँ बराबरको प्राकृतिक म्यादी बिमा सुविधा पाउनेछन् ।

यस्तै आवासीय सुविधा रहेको कृषक दम्पत्तिका लागि बतास एग्रोले नै एक जर्सी गाई, १० जोडी चल्ला, भोटे कुकुर, बिरालो, हाँस, बाख्रा, मौरी, चार रोपनी जग्गा, घरायसी प्रयोजनका सबै भाँडाकुँडा तथा विद्युतीय सामग्री निशुल्क उपलब्ध गराउने जनाएको छ ।

सवारीचालक अनुमति पत्र भएका कृषकका लागि ५० प्रतिशत अनुदानमा मोटरसाइकल उपलब्ध गराइने पनि अफरमा उल्लेख छ ।

४५ वर्ष ननाघेका १० जोडी कृषक दम्पत्तिका लागि ल्याइएको यो अफरलाई जातीय रुपमा समावेशी बनाउन खोजिएको छ । जसमा गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ, ब्राह्मण, क्षेत्री र नेवार परिवारका लागि कोटा निर्धारण गरिएको छ ।

बतास एग्रोद्वारा जारी सूचना

प्रकाशित : १९ असार २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह