Logo

Banner-news

राप्रपा नेतृ देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्ष


GDP Nepal
   २१ असार २०७८, सोमबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्ष नियुक्त भएकी छन् । नेपालमा कहिले शाही परिवारसँग नाम जोडिएर त कहिले राप्रपाको राजनीतिले चर्चामा आएकी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला इन्डियाको उपाध्यक्ष नियुक्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको जनाइएको छ। देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी छोरी हुन्। उनी दोलखाबाट राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि हुन् । 

क्याटरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक रहिसकेकी राणासँग यूएनडीपी लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव छ ।

राणाले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्।

प्रकाशित : २१ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह