Logo

Banner-news

विदेशी बजारमा २ अर्ब डलर बराबरका गहना निकासी गर्न सकिन्छः रमेश महर्जन


GDP Nepal
   २३ असार २०७८, बुधबार


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपालका मौलिक गरगहनाको अन्तर्राष्ट्रिय बजार अपेक्षा गरिएभन्दा निकै ठूलो रहेको बताएका छन् ।

अध्यक्ष महर्जनले आफूहरुको अनौपचारिक अध्ययनका आधारमा नेपालबाट करिब २ अर्ब डलर मूल्य बराबरका गरगहनाको माग रहेको जानकारी दिए । नेपाल राष्ट्र बैंकले तोकेको मुद्रामा विनिमयअनुसार यो मूल्य २ खर्ब २९ अर्ब रुपैयाँ हुनेछ ।

रमेश महर्जन

सरकारले भन्सार महशुल फिर्ता (ड्युटी ड्र ब्याक) को व्यवस्था गर्नुपर्ने तथा कच्चा पदार्थको सहज उपलब्धता एवं अन्य उत्पादनमूलक उद्योगसरह सुविधा दिन सके यो परिमाणमा निर्यात गर्न सकिने अध्यक्ष महर्जनको भनाइ छ ।

महर्जनले बारम्बार मन्त्री र सचिव फेरिने प्रवृत्तिका कारण पनि समस्या रहेको बताए । जेम्स एन्ड ज्वेलरी एक्सपोर्ट काउन्सिलको माग पूरा नभएको भन्दै यसको आवश्यक रहेको जेम्स एन्ड ज्वेलरी एक्सपोर्ट जोन स्थापना गरिनुपर्ने उनको भनाइ छ ।

यस क्षेत्रमा कालिगढको अभाव रहेको र रोजगारी सिर्जना गर्न सक्ने महर्जनले बताए ।

प्रकाशित : २३ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह