काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु भएको छ। भाटभटेनीले प्रभु बैंकको सहकार्यमा क्युआर भुक्तानी सेवा सुरु गरेको हो। बिहीबार टंगालस्थित भाटभटेनी स्टोरबाट सेवा सुरु भएको क्यूआर कोड भुक्तानी सेवालाई क्रमशः सबै आउटलेटबाट विस्तार गरिने जनाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ गरेका छन्।…