Logo

कर्पोरेट-बजार

हान पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको निधन


GDP Nepal
   ८ कार्तिक २०७८, सोमबार


काठमाडौं । होटल संघ नेपालका पूर्व अध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको संघले जनाएको छ ।

श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए । शेर्पा होटल माओवादी द्वन्द्वका बेला बन्द भएर हाल उक्त भवननमा शेर्पा मल रहेको छ ।

श्रेष्ठले काठमाडौंदेखि चितवनसम्मको पर्यटन क्षेत्रमा पुर्याएको योगदान सह्रानीय रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । उनको निधनले मर्माहत हुनुका साथै समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको हानले जनाएको छ ।

वि.सं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका स्वर्गीय श्रेष्ठ लामो समयसम्म होटल संघमा आवद्ध रहेका थिए । श्रेष्ठले सन् १९९८ देखि सन् २००० सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए ।

स्व. श्रेष्ठको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह