Logo

कर्पोरेट-बजार

निर्जीवन बीमाको प्रिमियम बढाएर सीमा तोक्ने निर्णयप्रति एफएनसीसीआईको विरोध


GDP नेपाल
   १० कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

बीमा समितिले बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको विषयप्रति उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले विरोध जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै एफएनसिसिआईले खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम बढाएर न्युनतम सीमा तोकिँदा आयोजनाको लागत बढ्न जाने बताएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ र संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू राखिएका छन् ।

महासंघले यसरी न्यूनतम प्रिमियम दर तोकिँदा बजारमा प्रतिष्पर्धा निरुत्साहित हुन जाने जनाएको छ । यसबारे सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघले माग गरेको छ ।

 

 

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह