Logo

कर्पोरेट-बजार

भाटभटेनीमा क्यूआर कोडबाटै भुक्तानी, प्रभु बैंकसँग सहकार्य !


GDP Nepal
   ११ कार्तिक २०७८, बिहिबार


काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु भएको छ। भाटभटेनीले प्रभु बैंकको सहकार्यमा क्युआर भुक्तानी सेवा सुरु गरेको हो। बिहीबार टंगालस्थित भाटभटेनी स्टोरबाट सेवा सुरु भएको क्यूआर कोड भुक्तानी सेवालाई क्रमशः सबै आउटलेटबाट विस्तार गरिने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ गरेका छन्। कार्यक्रममा अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबार हुने उल्लेख गर्दै क्युआरका कारण प्रयोगकर्तालाई मात्र नभई ब्यवसाय गर्नेलाई पनि फाइदा पुग्ने बताउँदै कारोबारको गति समेत बढ्ने बताए।

कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले क्युआर भुक्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने बताए। क्युआरबाट भुक्तानी गर्ने ग्राहकलाई पाइरहेको प्वाइन्टमा २५ प्रतिशत बढि उपलब्ध गराउने घोषणासमेत गरे । प्वाइन्ट बढ्दा निश्चित समयपछि निशुल्क खरीद कुपन पाइने उनको भनाइ छ।

सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अबको युग नै प्रविधिमा आधारित भएको बताउँदै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने बताए। यस्तै, आन्तरिक राजस्व कार्यकालका महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय भुक्तानीले कारोबार पारदर्शी हुँदा राज्यलाई पनि कर आउने बताए।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह