Logo

Banner-news

मंसिरदेखि लागू हुने गरी घट्यो विद्युत् महशुल


GDP नेपाल
   १० कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

मंसिर एक गतेदेखि लागु हुने गरी नयाँ महशुल दर तोकिएको छ । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा नयाँ महशुल दर तोकेको हो । आयोगले आज पत्रकार सम्मेलनमार्फत पुस महिनाको बिलिङबाट लागू हुने गरी नयाँ महसुल तयार गरिएको जानकारी दिएको हो ।

आयोगले तयार पारेको महसुल अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई शुल्क लाग्ने छैन । त्यस्तै, न्युनतम मासिक शुल्क ३० रुपैयाँ तोकिएको छ । सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा, ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, थ्री फेज मिटर प्रयोग गरी मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताका लागि हाल ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क, वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्ने भएको छ । आयोगका अनुसार चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

 

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह