काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्रेट फरवार्डर्स एसोसिएशन (नेफा)द्वारा सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत अवार्ड हस्तान्तरण गरिएको छ । अवाडर्, जुलाई २९, २०२१ मा एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा हस्तान्तरण गरिएको हो । देशको निर्यात समर्थनका लागि उल्लेखनिय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न…