काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । संघको १८औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा अध्यक्ष दीपक कुँवरको नेतृत्वमा १४ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, दितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा रोशन भयोध्यो, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य…