काठमाडौं । नायिका वर्षा राउतले आयोन् भी मोडलको इलेक्ट्रिक कार खरिद गरेकी छन् ।
राउतले बुधबार जीएसी मोटर्स नेपालबाट यो गाडी खरिद गरेकी हुन् । जीएसी मोटर्स चौधरी ग्रुप अन्तर्गतको विद्युतीय गाडी विक्रेता कम्पनी हो ।
वर्षले यसअघि टाटाको नेक्सन ईभी प्रयोग गर्दै आएकी थिइन् ।
उनले आयोन भी खरिद गरेको पुष्टि गर्दै फेसबुकमा लेखेकी छन्ः आयोन भी इलेक्ट्रिकलाई मेरो जीवनमा आधिकारिक रूपमा स्वागत गर्न पाउँदा रोमाञ्चित छु, मेरो नयाँ सवारीको रूपमा मात्र होइन, तर जीएसी मोटर्सको ब्रान्ड एन्डोर्सरको रूपमा रहन पाउँदा गर्व पनि गरेकी छु ।

वर्ष आफ्ना पति सञ्जोग कोइरालासहित गाडी खरिदका लागि पुग्दा कम्पनीले सेलेब्रेट पनि गरेको थियो ।
आयोन भी इलाइट र लक्जरी दुई भेरियन्टमा उपलब्ध छ भने इलाइटको मूल्य ६४ लाख ९९ हजार र लक्जरीको मूल्य ६९ लाख ९९ हजार रहेको छ ।
इलाइटमा ६२.७ किलोवाट आवर ब्याट्री क्षमता छ भने लक्जरीमा ७५.३ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ ।










प्रतिक्रिया