चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटबार्ता गरेका छन्। भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा बिनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे। उनले…