Logo

कर्पोरेट-बजार

श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्छ: चेम्बर


GDP नेपाल
   १८ बैशाख २०८२, बिहिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ ।

मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।

श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको  संविधान २०७२ ले श्रम सम्वन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्वन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ ।

चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसंग माग गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ, ।’

सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।

प्रकाशित : १८ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह