काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसको प्रतिरक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सार्वजनिक रुपमा प्रश्न उठिरहेको तथा सरकार र राष्ट्र बैंकबीचको सम्बन्ध सुमधुर हुन नसकिरहेका बेला आएको मौद्रिक नीतिलाई अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले सार्वजनिक रुपमै अपनत्व…