नेपालबाट पहिलोपटक फलामे डन्डी (छड) निर्यात भएको छ । श्री स्टिलले उत्पादन गरेको छड आजबाट भारत निर्यात सुरु भएको हो । रुपन्देहीमा रहेको श्री स्टिलले बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट एक ट्रकमा ३५ टनसम्म टिएमटी छड भारत निर्यत गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्याततर्फ ८ प्रतिशत नगद अनुदानको व्यवस्था गरेसँगै नेपालबाट…