काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २५ हजार १५६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिमा संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया