काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले ‘८५ ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्तात, ३ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज पाइने छ ।
यसको भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया