काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको स्वास्थ्य तथा सामाजिक समिति गठन भएको छ । आज गठित सो समितिको सभापतिमा मृगेन्द्र मेहर श्रेष्ठ चयन भएका छन् ।
श्रेष्ठको सभापतित्वमा गठन गरिएको १२ सदस्यीय समितिमा प्रसान्त मानन्धर सह-सभापति चयन भएका छन् ।
सदस्यहरुमा गेहेन्द्र मिश्र, शेखर श्रेष्ठ, निरन्जन रिमाल, सुनिल श्रेष्ठ, बद्रि श्रेष्ठ, सुशील श्रेष्ठ, पवन श्रेष्ठ, कुमार गौतम, हरी विडारी र स्वरुपा श्रेष्ठ रहेका छन् ।
यस्तै, समितिका आगामी कामकारवाहीका बारेमा जानकारी दिँदै सभापति श्रेष्ठले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा देखिए समस्या र चुनौतीहरुको पहिचान गरी समाधान गर्ने उदेश्यले समिति गठन गरिएको बताए । उनले चेम्बरको भुमिकालाई अझ सशक्त बनाउदै मूलुकको आर्थिक समृद्धि र विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।
उनले ७० बर्ष भन्दा पुरानो संस्थाको स्वास्थ्य तथा सामाजिक समितिको सभापति पदमा रहि संस्थामा जोडिने अवसर प्रदान गरेकोमा चेम्बरका केन्द्रिय सदस्य लगाएत अध्यक्ष एवं पदाधिकारीलाई धन्यवाद व्यक्त गरे ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नवनियुक्त सदयस्हरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया