काठमाडौँ । नेपाल चेम्वर अफ कर्मसले हालको नगद अनुदान प्राप्त गर्ने प्रक्रिया झन्झटिलो भएकोले निर्यात विन्दुबाट निकासी भएको साता दिनभित्र सम्बन्धित उद्योग व्यवसायको बैंक खातामा सरल भूक्तानीको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्य योजनाका लागि सुझाव पेश गर्दै चेम्बरले सो माग गरेको हो । चेम्बरले एक पटक उद्योग विभागबाट वस्तुको मूल्य अभिवृद्धि मूल्यांकन भई सकेको र नगद प्रोत्साहन लिईसकेको अवस्थामा पुनःमूल्यांकन गर्नु नपर्ने व्यवसाथ हुनुपर्ने सुझाव दिएको छ ।
यस्तै, चेम्बरले मूल्य अभिवृद्धि करमा वहुदर प्रणाली लागू गरी आम उपभोग्य वस्तु र बिलासिताका वस्तुहरुमा फरक दर हुनु पर्ने, उद्योगको सम्पतिमा लाग्ने कर छुट हनु पर्ने, १०० भन्दा बढि कामदार भएको उद्योगलाई कर छुट भई अन्य उद्योग भन्दा फरक हुनुपर्ने लगाएतका माग राख्दै विभिन्न क्षेत्रमा देखिएका समस्या तथा त्यसकाका लागि सुझाव पेश गरेको छ ।
प्रतिक्रिया