Logo

बैंक / बिमा /शेयर

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर लिलामीमा


GDP नेपाल
   ७ श्रावण २०८१, सोमबार


काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम ७०७ रुपैयाँ भाउ राखेर न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा साउन १४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह