काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठलाई आसियान युनिभर्सिटी इन्टरनेशनलले मानार्थ विद्यावारिधी उपाधि प्रदान गरेको छ । मलेसियामा हालै आयोजित समारोहमा व्यवसायी श्रेष्ठलाई ‘डिग्री अफ डक्टर अनरिज काउजा (डा. एचसी)’ प्रदान गरियो । आसियान युनिभर्सिटी इन्टरनेशनल युरोपियन एशोसिएसन फर हाइअर एजुकेसन एडभान्समेन्ट (ईएएचईए)सँग आवद्ध विश्वविद्यालय हो । विश्वविद्यालयले…