गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “युवाले व्यक्तिगत…