नेपलागञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको…