सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतङ्क बृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भएको बताएकी छिन् । ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् । बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता…