काठमाडौं । सर्वसाधारण लगानीकर्ताले अपर तामाकोसी हाइड्रोपावरमा स्थानीयवासीभन्दा बढी सेयर पाएका छन् । मंगलबार बाँडफाँड गरिएअनुसार सर्वसाधारणले ४० र ५० कित्ता सेयर पाएका हुन् । जबकि स्थानीयले न्यूनतम ३० कित्तादेखि अधिकतम १०२ कित्तासम्म सेयर पाएका थिए । अधिकतम सेयर पाउने हजारभन्दा कममात्र स्थानीय छन् । स्थानीयमध्ये ग वर्गका दोलखावासीले ३० र ३४ कित्ता सेयर पाएका…