काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो पटक सकारात्मक सर्किट लागेको छ । नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो । यसअघि बजार खुलेलगत्तै नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । अब बजार ४० मिनेटपछि खुल्नेछ ।