Logo

मुख्य समाचार

सेयर बजारमा ७५ अंकको वृद्धि, सबै उपसमूहमा हरियाली


GDP नेपाल
   ८ श्रावण २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ७५.३३ अंकले बढेर दुई हजार ५६३.४३ विन्दुमा पुगेको छ ।


बैंकिङ ३३, विकास बैंक १४६, फाइनान्स ७१, होटल तथा पर्यटन २०१, हाइड्रोपावर उपसमूह १२२, जीवन बीमा ५१८, अन्य ३२, व्यापार १८६, उत्पादन २८४, माइक्रोफाइनान्स ७२ र निर्जीवन बीमा उपसमूह ५२५ अंकले बढेको छ ।



आज बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेपनि आज गणपति लघुवित्तको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।


यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख कित्ता सेयर १४ अर्ब ११ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह