काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको उचित वातावरण बन्दै गएको दाबी गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटनमा उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न आग्रह गरे । अर्थमन्त्री महतले…