Logo

अर्थनीति

समितिमा अर्थ सचिवको आक्रोश: बजेटमै नभएको पैसा कहाँबाट ल्याउने ?


GDP नेपाल
   ३ पुस २०८०, मंगलबार


काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् ।

आज प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे ।

‘सिलिङ ५ लाखको राख्ने पछि ५० लाख पुगेन भनेर मन्त्रालयमा आउने गरेको पाईन्छ । सम्बन्धित मन्त्रालयहरुलाई के भन्न चहान्छु भने, कति पैसा चाहिन्छ सरकारको अवस्था हेरेर आफूलाई आवश्यक हुने पैसा तत्कालै राख्नु पर्यो यसो भएपछि अर्थ मन्त्रालयसँग मागि रहन पर्दैन् । संसदले पास गरेकोभन्दा बढि बजेट अर्थमन्त्रालयमा हुदैँन । ’ उनले भने ‘विस्तारै देशको अर्थ अवस्था सुधारको क्रममा छ, तर हरेक मन्त्रालयसँग हरेक निकायले पैसा मागेको अवस्था छ तर मन्त्रालयसँग पास गरेको बाहेक पैसा कहाबाट ल्याउने ? ’

उनले बजेट पास भएपछि रकमान्तरण गर्नुपर्ने अवस्था राम्रो नभएको भन्दै त्यसले अर्थ मन्त्रालय समस्यामा परेको बताए । 

‘हामीले पैसा ल्याउनको लागि एउटा स्थानको बजेट बाटेर अर्को स्थानमा दिनु पर्ने हुन्छ । हामीले अहिले मलको पैसा काटेर यता उखुमा ५२ करोड दिएको छौ भोली मलमा नपुग्ने अवस्था हुन्छ । अर्थमन्त्रालयमा यस्तै खालको पीडा छ,’ उनले भने।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह