Logo

अर्थनीति

पाँच महिनामा व्यापार घाटा साढे ५ खर्ब नाघ्यो


GDP नेपाल
   ८ पुस २०८०, आइतबार


चालु आर्थिक वर्षको पाँच महिनामा आयात निर्यात दुवै घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात ३.३९ प्रतिशतले घटेको हो । गत वर्ष ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाखको आयात भएको थियो ।

यस्तै, यस अवधिमा निर्यात पनि ६.०९ प्रतिशतले घटेको छ । गत वर्ष ६७ अर्ब ३० करोडको वस्तु निर्यात भए पनि यस वर्ष भने ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।

समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा भने व्यापार घाटा ३.०९ प्रतिशतले घटेको हो । गतवर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

गत वर्षको ५ महिनामा ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्ष ३.६४ प्रतिशतले घटेर ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा कायम भएको छ ।

 

प्रकाशित : ८ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह