काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ। नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध…