काठमाडौं। स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ । प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापि घोषणापत्र र विभिन्न अन्तराष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको आयोगले ठहर गरेको छ…