Logo

अर्थनीति

निजी नम्बर प्लेटका सवारीलाई भाडामा लगाउने सरकारी नीतिविरुद्ध व्यवसायी र मजदुर आन्दोलित


gdpnepal
   १५ जेष्ठ २०८२, बुधबार


काठामाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले अनिश्चितकालिन सवारी साधन बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार ६ वटा व्यवसायिक संगठनहरुले सात बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

संवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित हुनेगरी संघीय ऐनसंग बाझिने सातै प्रदेश सरकारहरुले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२।०२।०१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट)संचालन गर्न ल्याएको नियमावलि २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनीहरुले जेठ १८ गतेसम्म मागहरु सम्बोधन नभए १९ गतेबाट देशव्यापी रुपमा अनिश्चितकालका लागि सवारी साधनहरु घर ग्यारेजमा थन्काउने चेतावनी समेत दिएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले प्राइभेट गाडीमा मानिस राख्न पाउने नियम बनाउनु नै आन्दोलनको ठूलो कारण बनेको बताए । यस विषयमा सरकार गम्भिर नभएका कारण यातायात व्यवसायीले दुःख पाएको बताए ।

उनले अहिले यो २१औँ शताब्दिमा आएर पनि गरिखानेलाई गरिखान नदिने सोच राख्नु नै गलत रहेको बताए ।  

कार्यक्रममा बोल्दै सार्वजनिक यातायात व्यवसायिक महासंघका अध्यक्ष डा. डोलनाथ खनालले हरेक नम्बर प्लेटको आ–आफ्नै विशेषता हुने भएकाले त्यसलाई कुल्चिएर अघि बढ्न नहुने बताए । 

अर्का व्यवसायी सरोज सिटौलाले गण्डकी प्रदेशका मुख्यमन्त्रीका कारण आन्दोलनमा जान बाध्य भएको बताए । उनले मंगलबार बेलुका आन्तरिक बैठक राखेर आन्दोलनलाई थप सशक्त बनाउने बताए ।

 

प्रकाशित : १५ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह