Logo

अर्थनीति

‘एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाए आर्थिक गतिबिधिमा ब्रेक लाग्छ’


gdpnepal
   १४ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने प्रस्ताव कार्यान्वयनमा आए समग्र आर्थिक गतिबिधिमा ठप्प हुने  बताएका छन् ।

सोमबार संसदको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा अध्यक्ष ढकालले विधेयक यथास्थितिमा पारित गर्न नहुने धारणा राखे ।

”बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भएको व्यक्तिले कुनै पनि उद्योग व्यवसायमा ऋण लिन नपाउने हो भने अथवा ऋण लिएको छ भने एक प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नुपर्ने हुन्छ त्यसमा पनि त्यो सेयर परिवार अथवा नजिकका कम्पनीहरुलाई बेच्न नपाइने भन्ने छ” उनले भने, ”यदि त्यसो भयो भने यी अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्था एकातिर हुन्छ भने रोजगारी दिने कुराहरुलाई व्यवसायिक एक्टिभिटि बढ्छ त्यो चिजहरुमा ब्रेक लाग्छ ।”

कुनै पनि कानुन बनाउँदा र त्यो कानून आइसकेपछि त्यसबाट पर्ने प्रभावलाई ऐन आउनुअघि नै अध्ययन हुनुपर्ने उनको भनाई छ ।

यी विषयहरु कदापी राखिनु हुँदैन भन्ने आफ्नो मत राख्दै उनले भने,  ”यसको ड्राफ्ट बनाउँदा यसको रिजल्ट कस्तो आउँछ भन्ने बिचारै नगरी बनाएको जस्तो लाग्यो । यो मस्यौदामा आएजतिमा जाने हो भने धेरै ठूलो संकट आउँछ भन्ने मलाई लाग्छ ।”

अहिलेको रहेका उद्योग प्रतिष्ठानहरु मध्ये तीन सय जति एक प्रतिशत भन्दा बढी सेयर होल्डिङ गर्ने रहेको र करिव ४५ प्रतिशत ऋण त्यसैमा भएको उनको भनाइ छ । 

”त्यसमा दुईमध्ये एक छोड्नुपर्ने अवस्था बन्यो भने आगामी दिनमा हामी रोजगारी दिने कुरा गर्छौं । रेभेन्यू बढाउने कुरा गर्छौं । व्यावसायीक एक्टिभिटि बढाउने कुरा गर्छौं तर यसैमा ब्लक गरियो भने यसको रिजल्ट आउँछ” उनले भने ।

 

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह