Logo

अर्थनीति

‘अवैध आयात रोक्न निकासी पैठारी विधेयक पर्याप्त छैन’


gdpnepal
   १३ जेष्ठ २०८२, सोमबार


काठमाडौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ ।

सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो ।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा भएको कमि कमजोरी सही तरिकाले पहिचान गरेर मात्र अगाडि बढाउनुपर्ने बताए ।

अहिले यो ऐनले निर्यात र आयातलाई कुन हिसाबले रोक्न सकिन्छ भन्ने कुरामा बढि केन्द्रित रहेको पनि उनको भनाइ छ ।

‘यो अवैध सामान पैठारी निकासीका कुराहरुलाई समेट्ने गरि यो ऐनमा भएका कमी कमजोरी यसअघिको बैठकमा राखिसकेको छ । त्यसलाई थोरै खोतल्ने हो भने यो छिटै निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने, आयात, निर्यात भनेपछि भन्सार जोडिन्छ, आयात निर्यात गर्ने निकाय मन्त्रालयसँग जोडिन्छ । यहाँ धेरै निकाय र धेरै कानुनहरु पनि यो अन्तर्राष्ट्रिय व्यापार भन्सारमा बढी जोडिन आउने हुनाले सबै डाटाहरु राख्यो भने सजिलो हुन्छ । भन्सार चुहावटको विषय भन्सार ऐनले हेर्छ । तर अहिलेको ऐनले चाहीं हामीले निर्यात र आयातलाई कुन हिसाबले रोक्ने भन्ने कुरालार्ई लिएर केन्द्रित रहेको छ ।’

यस्तै, उनले अन्तर्राष्ट्रिय व्यापारको लागि कानुन बनाएर अगाडि बढ्ने हो भने व्यापारमा सहज हुने बताए । छलफलमा समितिमा हुने छलफलका विषयहरुमा समिति सभापति अब्दुल खानले जानकारी गराएका थिए ।

 

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह