काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संसदबाट विश्वासको मत प्राप्त गरे पनि उनीमाथि संसदको विश्वास भने क्रमशः घट्दै गएको देखिन्छ । पुस २६, २०७९ मा उनी प्रधानमन्त्री बन्दा पक्षमा २६८ सांसद थिए भने विपक्षमा २ मात्र सांसदले मत दिएका थिए । यस्तै, दोस्रोपटक चैत ६, २०७९मा उनको पक्षमा १७२ र विपक्षमा ८९ सांसदले मत दिएका…