काठमाडौं । सरकारले अन्ततः विदेशमा नेपालीलाई लगानीका निम्ति बाटो खोल्ने भएको छ ।
उच्चस्तरीयर आथिएक सुधार सुझाव आयोगको सिफारिसअनुसार लगानी खुला गर्न लागिएको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यवसायीरलगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए ।
विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिने उनले बताए ।
“व्यवसायी र लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइनेछ । विदेशमा लगानी गर्न अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ,” उनले भने ।










प्रतिक्रिया