Logo

अर्थनीति

जेनजीलाई तीन प्रतिशतमै स्टार्टअप कर्जाः उद्योग खोल्न र बन्द गर्न एकद्वार प्रणाली


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले ‘रोजगारी खोज्ने होइन, रोजगारी दिने युवा बनाउन’ भन्दै जेनजी पुस्तालाई स्टार्टअप उद्यममा लगाउने गरी बजेटमा कार्यक्रम ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले जेनजी पुस्तालाई विशेष सम्बोधनसहित आर्थिक वर्ष ०८२/८३को बजेट ल्याएका हुन् ।

“काम खोज्ने होइन, काम दिने युवाका संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता वृद्धि गरिनेछ । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्कुभेसन सेन्टर निर्माण गरिनेछ,” अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै भनेका छन्, “स्टार्टअप उद्यमीलाई सिप विकास, व्यवसाय विस्तार र बजारीकरणको मूल्य शृंखलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छु ।”

उनले सहुलियतपूर्ण कर्जा कार्यक्रमका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको जानकारी दिए ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेटमा सरकारले उद्योग स्थापना र बन्द गर्न एकद्वार प्रणाली स्थापना गर्ने भनिएको छ ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह