Logo

अर्थनीति

आज संघीय बजेट: आर्थिक सर्भेक्षण पनि आजै


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ । संघीय संसद्मा सरकारले बजेट प्रस्तुत गर्नेछ । 

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् । 

दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।

अर्थमन्त्रीले आजै संसदमा आर्थिक सर्भेक्षण, २०८२ र सार्वजिक संस्थानहरुको वार्षिक स्थिति, २०८२ पेश गर्नेछन् ।

 

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह