काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले बढेसँगै छापावाल सुन ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर आज ११ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।