ओम ग्यास उद्योगले टेष्ट फेल भएका पुराना सिलिन्डर नष्ट गरेको छ ।
उद्योगले आइतबार हाइड्रोलिक टेष्ट फेल भएका ५ सय ५९ सिलिन्डर नष्ट गरेको हो । ओम ग्यासका सञ्चालक हरि पाठकले पछिल्लो समय भएका विभिन्न दुर्घटनालाई मध्यनजर गर्दे पुराना सिलिन्डर नष्ट गरिएको बताए ।
‘ग्यास भर्नुअघि म्याद पुगेका सिलिन्डरको हाइड्रोलिक टेष्ट गर्छौं,’ पाठकले भने, ‘परीक्षणमा फेल भएपछि संकलन गरेका सिलिन्डर नष्ट गरेका छौं। ग्यासको सुरक्षा मापदण्ड पालना गर्न संवेदनशील छौं । मापदण्ड नपुगेका ग्यास सिलिन्डर बजारमा पठाउँदैनौं।’
यस्तै, नेपाल नापतौल तथा गुणस्तर विभागका अधिकृत दिपेन्द्रकुमार झाले हरेक ग्यास उद्योगलाई मापदण्ड पूरा गर्न दिएको निर्देशन अनुसार ओम ग्यासले विभागको निर्देशनलाई अनुसरण गरेको बताए ।
प्रतिक्रिया