शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएसँगै ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।…