काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।