Logo

कर्पोरेट-बजार

एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा दिपकराज गिरी र दीपाश्री निरौला


GDP Nepal
   ५ मंसिर २०७८, आइतबार


काठमाडौं । एभरेष्ट ग्यासले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ । करिब ३००० डिलरहरुको सञ्जाल मार्फत एभरेष्ट ग्यास संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ ।

एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले चिन्ता व्यक्त गर्दै नेपालको ग्यास बजार केही अब्यवस्थित रहेको बताए ।


उपभोक्ताले एउटा ब्राण्डबाट अर्का ब्राण्डको सिलिण्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । एभरेष्ट ग्यास संसार मार्फत ७ वटा ब्राण्ड छन् ।

एभरेष्टसँगै सुगम, प्रिमा, सहारा, कामाख्या, सैपाल र त्रिशूल ग्यास साटफेर गर्दा कुनै शुल्क नलाग्ने कम्पनीका निर्देशक सुगम घिमिरेले जानकारी दिए ।

मेचीदेखि महाकालीसम्मका उपभाेक्ताले ग्यास सिलिन्डर साटफेर गर्दा शुल्क नलाग्ने घिमिरेले बताए ।

दीपक र दीपाको जोडी छनोट गर्नुको कारण बताउँदै अध्यक्ष घिमिरेले भने, ‘एभरेष्ट ग्यास भनेको धर्म,जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह