रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नगरपालिकाका किसानलाई व्यवसायीक बनाउनको लागि उत्प्रेरित गर्न दुई दिने नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ । मेलाको मंगलबार संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङले शुभारम्भ गरेका हुन् । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, जिल्ला…