नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार र भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ। चेम्बरको ७३औं साधारणसभा तथा अधिवेशन पश्चात् चेम्बरको नवगठित कार्यसमितिको सदस्य रोशन भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरिएको छ। उनको सभापतित्वमा अब पूर्वाधार, जग्गा, आवास विकास, निर्माण सामग्री, ईंटा लगायतका निर्माण व्यवसायसँग सम्बन्धित विशेषज्ञ र व्यवसायीहरूसमेत सम्मिलित समिति गठन भएको छ। …