काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना नियन्त्रणमा सरकार पाइलापाइलामा चुकेको निष्कर्षसहित दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९ देखि ११सम्म) भएको सम्मेलनको उदघाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपालीसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका…