काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय भक्तपुर स्रोतले बाह्रखरीसँग भन्यो,…