काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै…